Websoft University

१ करोड रुपैयाँँ बराबरको स्वास्थ सामग्री हस्तान्तरण



काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम,चिनले सीमा जोडिएको सिन्धुपाल्चोकलाई १ करोड रुपैयाँँ बराबरको अनुदानको स्वास्थ सामग्री हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चाकको लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । मितेरी पुलमा चिनियाँ अधिकारी हरुले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायतको सरकारी टोलीलाई यो सामग्री हस्तान्तरण गरेको हो । केही दिन अघि भएको सिमा बैठक मा प्रजिअ ढकालले सहयोग का लागि अनुरोध गर्नु भएको थियोे । न्यालमले डिस्पोजल मास्क १ लाख ३० हजार, एन नाइन्टिन फाइभ माक्स १५ सय, पीपीई ११ सय, इन्फ्रारेड थर्मो्मिटर १ सय ८ वटा, टेष्ट कीट १५ सय सिन्धुपाल्चोकका लागि सहयोग दिएको भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.