Websoft University

कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता हुने–राष्ट्रपति भण्डारी


काठमाण्डौ जेठ २ गते । रातो तारा डट कम,सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट मृत्यु हुने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताउनुभएको हो । 

उहाँले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण व्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उहाँले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताउनुभयो ।

 त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तीब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गर्नुभएको  छ । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले आज सबैलाई एकढिक्का भएर लाग्न आग्रह गर्नुभएको हो । 

नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु,’ राष्ट्रपति भण्डारीले भन्नुभयो । संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि उहाँले सबैलाई आग्रह गर्दै उहाँले अग्रस्थानमा खटिनेलाई धन्यवाद दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.