Websoft University

लिपुलेकमा भारतले नेपाललाई नसोधि सडक निर्माण गरेको बारे असहमति जनाउदै भारतिय राजदुतलाई कूटनीतिक नोट दिए



काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम,सरकारले लिपुलेक हुँदै मानसरोवर जोड्ने भारतले निर्माण गरेको सडकमा असहमति जनाउँदै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर असहमति पत्र दिएको छ । भारतीय राजदुतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालले कूटनीतिक नोट दिएको हो । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतलाई नोट बुझाइएको जनाएको छ । 

उक्त नोटमा सरकारले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख भएका बुँदा नै समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नेपाली भूमिमा सडक बनाएकोमा असन्तुष्टि जनाउँदै गत शनिवार परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कुनै खालको गतिविधि नगर्न भारतसँग आग्रह गरेको थियो । यसअघि कालापानी सहितका क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेपछि नेपालले गएको नोभेम्बरमा कूटनीतिक नोट पठाउँदै त्यसप्रति विरोध जनाएको थियो । 

नेपालले वार्ताद्वारा सीमा विवाद हल गर्न प्रस्ताव गरेकोमा भारतीय पक्षले कोभिड–१९ का कारण उत्पन्न संकटकालीन अवस्था पार लागेपछि परराष्ट्र सचिवको तहमा वार्ता गरिने जनाएको थियो । तर आज ससंद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भाग लिदै लिपुलेक विवादबारे जुनसुकै तहमा भारतसँग कुरा गर्न र कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकार इच्छुक रहेको बताउनुभएकोछ ।

उहाँले लिपुलेक व्यापार विन्दुका रूपमा उपयोग गर्ने भारत र चीनको विगतमा भएको सम्झदारीबारे चीनसँग पनि नेपाल सरकारले बेग्लै छलफल गर्ने बताउनुभएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.