Websoft University

सवारी साधन भक्तपुरको बाटो भएर काठामाण्डौ प्रवेश गर्न नपाउने



काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,बिभिन्न जिल्लाबाट काभ्रे हुँदै धमाधम मानिस काठमाडौँ उपत्यका भित्रन थालेपछि भक्तपुर नाकामा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । कोरोनाको त्रासले यसअघि काठमाडौँ उपत्यका छाडेर आफ्ना जिल्ला गएकाहरू फेरि फर्किन थालेपछि भक्तपुर नाकामा अत्यावश्यक बाहेकका सवारीसाधन प्रवेशमा रोक लगाइएको हो । 

सवारी पास भएका गाडीलाई समेत भक्तपुरको जगाती  र ताथली नाकाबाट फर्काउने गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । अस्पतालका गाडी, कर्मचारी, तरकारी, दूध, खाद्यान्न, सरकारले तोकेका सरकारी कर्मचारीबाहेक अन्य सबै सवारीसाधनलाई छिर्न नदिइएको हो । 

महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले खाद्यान्न, पानी र एम्बुलेन्स जस्ता अत्यावश्यक सवारीसाधन बाहेक अरु साधनलाई नाकाबाट फर्काउने गरेको बताउनु भएको छ । आजदेखि कुनै पनि निजी तथा सार्वजनिक यातायातका साधनलाई भक्तपुर नाका भएर उपत्यका प्रवेश गर्न नदिने भएकाले यो नाका भएर नआउन प्रहरीले अनुरोध गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.