Websoft University

क्यीक रेस्क्यु टिम नेपालद्वारा अग्नि पिडितलाई राहत वितरण



शिव भट्टराई,-इटहरी बैशाख २५ गते । रातो तारा डट कम, इटहरी क्षेत्रमा रहेर विभिन्न समयमा विपतका समयमा सामाजिक कार्यमा सक्रियता पुर्वक योगदान गर्दै आएको क्यीक रेस्क्यु टिम नेपालले ताप्लेजुगंको फुङलिङ्गं बजारका अग्नी पिडीतहरुलाई राहात सामाग्री पुर्याएको छ ।

गत शुक्रबार राती ताप्लेजुगं सदरमुकाम फुङलिङ्गं बजारमा भएको आगलागी पिडितहरुका लागि इटहरीबाट खाद्यान्न ओढ्ने लगायतका राहत सामाग्री लिएर पुगेको क्यीक रेस्क्युटिम नेपालले २९ परिवारलाई राहत सामाग्री ताप्लेजुग इसाइ समाजको सहयोगमा हस्तान्तरण गरेको हो ।

लकडाउनको समय भएपनि अग्नी पिडीतहरुलाई केही हद सम्म उपलव्ध गराउने लक्ष्य सहित अग्नी पिडीत क्षेत्र पुगेर चामल , ब्लांकेट , चिनी , खाने तेल , नुन जस्ता उपभोग्यबस्तुहरु उपलव्ध गराएको क्यीक रेस्क्यु टिम नेपालका अध्यक्ष विक्रम बर्णवास एक्तेनले जानकारी दिए ।

उनले अग्नी पिडीतहरुलाई प्रतिपरिवार २वटा व्लांकेट , १५केजी चामल , १ केजी चीनी , १केजी नुन , १ लिटर खानेतेल ,१ केजी दाल  वितरण गरेको हो । 

विभिन्न ईसाइ समाजका पदाधिकारीहरु बाट संकलन गरिएको रकम ६४ हजार ३सय ६० रुपौया बराबरको सामाग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष एक्तेनले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.