Websoft University

दिर्घ रोगीलाई निशुल्क औषधी बितरण हुदै,


काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम,डोटीको दिपायल सिलगढी नगरपालिकाले नियमित औषधी सेवन गर्ने दिर्घ रोगीलाई निशुल्क वितरण गरेको छ । कोभिड–१९ का कारण नेपालमा बन्दाबन्दी घोषणा गरिएपछी समयमा औषधी खरिद गर्न समस्या भएका नगरपालिका भित्रका नागरिकका लागि निशुल्क औषधी वितरण गरिएको नगरापालिकाले जनाएको हो । 

दिर्घरोगीले सेवन गर्नुपर्ने औषधी काठमाण्डौं, नेपालगञ्जबाट खरिद गर्नुपर्ने भएका कारण जिल्लामा रहेका अस्पताल तथा मेडिकलमा बिरामीले प्रयोग गर्दै आएको औषधी नपाइएपछी काठमाण्डौँबाट खरिद गरिएको नगर प्रमुख मन्जु मलासिले बताउनुभयो । नगरपालिकाका मुटु, उच्च रक्तचाप, चिनीरोग, बाथरोग, नसा तथा मानसिक रोग र थाईराइड सहितका बिभिन्न प्रकारका ५८ औषधी काठमाडौंबाट खरिद गरि वितरण गरेको नगरपालिका  स्वास्थ्य संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो । 

औषधी सेवन गर्न नपाएका दिर्घरोगी औषधी पाएसंगै खुसी भएका छन् । जेष्ठ नागरिक र बिरामीका लागी नगरपालिकाले गरेको काम धेरै राम्रो भएको दिपायल सिलगढी नगरपालिकाका वडा नंं ६ सिलगाउँका मनु नेपालीले बताउनुभयो । बन्दाबन्दीको समयमा रूपैँया खर्च गर्दा पनि औषधी नपाउने समस्या झेल्न थालेपछि नगरपालिकाले निशुल्क औषधी वितरण गर्ने निर्णय गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.