Websoft University

भुल्केका १४ जनालाई क्वारेन्टाइनमा राखियो


गाईघाट वैशाष ३० गते । रातो तारा डट कम,त्रियुगा नगरपालीका को भुल्केमा शनिवार कोरोना संक्रमीत पुष्टी भएका चार जनाका परिवारका १४ जना जना लाई क्वारेन्टाइन मा राखीएका छ । स्थानिय त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडामा बनाईएको क्वारेन्टाइनमा सोमबार साझ उनिहरु लाई एम्बुलेन्स मार्फत लगीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले बताए । संक्रमीत चारै जना को घरबाट एक एक जना लाई छाडेर अन्य सबै १४ जना लाई लगीएको हो । उनीहरु लाई पनि लगीने सुवेदी ले बताए । परिवारका सदस्यहरु र उनीहरु बाट अन्यमा संक्रमण फैलन नदिन उनिहरु लाई क्वारेन्टाईनमा राखीएको त्रियुगा नगरपालीका का मेयर बलदेव चौधरी ले बताए । बिराटनगर अस्पताल बाट उपचार गरी निको भएर फर्किएका अन्य पाच जना पनि उक्त क्वारेन्टाइनमा रहेकाछन । उदयपुरको त्रियुगा नगरपालीका को भुल्के स्थीत मस्जित आसपास को क्षेत्रबाट अहिले सम्म ३२ जना संक्रमित भेटिएको मा १४ जना निको भएर अस्पताल बाट डिस्र्चाज भएको प्रमुख सुबेदी ले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.