Websoft University

नेपालमा कोभिड १९,सङ्क्रमितको सङ्ख्या ४,२७ पुग्यो

काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम, थप २५ जनामा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना देखिएको हो भने खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपरासीमा पनि एकजना कोरोना सङ्क्रमित थपिएका देवकोटाले जानकारी दिनुभयो । कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा कोरोना पुष्टि भएको पनि उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.