Websoft University

लागुऔषध सहित ३ जना पक्राउ


सुनसरी, जेष्ठ १३ गते । रातो तारा  डट कम,सुनसरीको कोशी गाउँपालिका-१ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाईलक्स डि.सी. १०० ML को ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल
१ थान, कौडा २१ थान र मोवायल २ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.