Websoft University

सीमाना बिवाद छिटो टुङ्गोमा पुप्याउन राष्ट्रियसभाका सांसदहरुको जोड



काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,लिपुलेक क्षेत्रको सीमानामा देखिएका समस्यालाई जतिसक्दो चाँडो कुटनीतिक पहलबाट समाधान गर्नुपर्नेमा राष्ट्रियसभाका सांसदले जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरुले सरकार र सबै नेपालीहरुलाई राष्ट्रियताका पक्षमा उभिन आग्रहसमेत गरे ।

सांसद चक्रप्रसाद स्नेहीले कुटनीतिका पहलबाट लिपुलेकको समस्या समाधान गर्नुपर्ने बताउँदै भारतका विभिन्न सहरमा रहेका नेपालीलाई स्वदेश ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामलखन चमारले कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने महिलाका लागि बजेटमा अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद प्रकाश पन्तले भारतले गरेको जे पनि सहन नसकिने बताउनुभयो । 

सांसद उदया शर्माले कोरोनाबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिनुभयो । सांसद डाक्टर विमला राईले आगामी बजेटको प्राथमिकतामा कोभिड–१९ लाई जोड दिनुपर्ने बताउनुभयो । सांसद नैनकला ओझा र विना पोखरेलले किसानलाई प्राथमिकता दिने खालको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद गंगाकुमारी बेल्वासेले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको सिमानामा भएको भारतीय अतिक्रमणको विरोध गर्दै रक्षाका लागि पहल गर्न नेपाल सरकारसँग आग्रह गर्नुभयो । सांसद रामचन्द्र राईले बजेटको सिद्धान्त र प्राथमिकतामा परेका विषय कार्यान्वयन मात्रै हुने हो भने धेरै सुधार हुने विश्वास व्यक्त गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.