Websoft University

२ सय ५१ जनाको स्वाब परिक्षणको लागि पठाइयो


श्याम राई-उदयपुर-गाईघाट,बैशाख ८ गते । रातो तारा डट कम,सेनाको विशेषज्ञ सहितको टोलीले सोमबार थप ९९ जनाको स्वाब पक्षिणको लागी नमूना काठमाण्डौ पठाएको
छ ।
यस अघि आईतबार राति एम्बुलेन्स बाट १ सय ५२ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी काठमाण्डौ स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको छ । सेनाको स्वास्थ्य टोलीले आईतबार र सोमबार गरी २ दिनमा २ सय ५१ जनाको स्वाब परिक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।

१ नेपाली र १२ जना भारतिय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि सँगै संक्रमित लुकेर बसेको त्रियुगा नगरपालिका ३ भुल्केमा स्थानिय बासिन्दाहरुको शनिबार देखि स्वाब परिक्षण गरिएको थियो । भुल्के मस्जिदमा १२ भारतिय र ४ जना नेपाली जमाती लुकेर बसेका थिए । लकडाउनको बेला नै उनिहरुलाई स्थानियहरुले सो क्षेत्रमा देखेको भएपनि उनिहरुले लकडाउन अघि नै आएको बताउँदै आएका छन् । उनीहरुले प्रहरी लाई दिएको ट्राभल हिस्ट्री लाई समेत शंकाको घेरामा राखिएको छ ।

आईतबार दिउँसो काठमाण्डौ स्थित सेनाको छाउनी अस्पतालबाट मेजर डा. प्राचि रायमाझीको नेतृत्वमा आएको ४ जना विशेषज्ञ सहितको टोलीले संक्रमित लुकेर बसेको भुल्के क्षेत्रका स्थानिय बासिन्दा र सेनाको १८ नंबर बाहिनीका १७ जना अधिकृतको नमूना संकलन गरेको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

उनले शनिबार १ नंम्बर प्रदेश सरकारले विराटनगर स्थित जनस्वास्थ्य प्रयोगशाला का निर्देशक डा.जयवेन्द्र यादव नेतृत्वको टोलीले भुल्केका ५३ घर बाट ६९ जनाको नमूना संकलन गरी विराटनगर कोशी अंचल अस्पताल लगीएकाृे बताए ।
भारत र नेपालको विराटनगर बाट आएका ति जमातीहरु खुल्ला रुपमा स्थानिय हरुसँग घुलमील भएको पाईएपछि मस्जिद आसपास र पूरै भुल्के गाउँका बासीन्दाहरुको स्वाब परिक्षण सुरु गरिएको प्रमुख सुवेदीले बताए ।

उनले पहिलो चरणमा शनिबार मुस्लिम टोलका व्यक्तिहरुको स्वाब संंकलन गरी परिक्षणको लागी विराटनगर लगिएको बताए ।

मुस्लिम टोल वरिपरिका अन्य व्यक्तिहरुको नमूना संकलन आईतबार देखि दोस्रो चरणमा शुरु गरिएको र तेस्रो चरणमा गाउँका प्रत्येक घरबाट एक एक जनाको स्वाब परिक्षण गर्न लगिएको प्रमुख सुवेदीले बताए ।

संक्रमित भेटिएको मस्जिद क्षेत्रको गाउँमा सेनाको १८ नंम्बर बाहिनी समेत रहेको छ । भुल्के गाउँमा झण्डै ३ सय घर परिवारको वस्ति रहेको छ । वस्ति विचमा ३० घर परिवार मुसलमान र १३ घर चौधरी र बाँकी क्षेत्री, बाहुन र अन्य जातीको बसोवार रहेको त्रियुगा नगरपालीका ३ का वडा अध्यक्ष अवधेस चौधरीले बताए ।

त्रियुगा नगरपालीका का मेयर बलदेव चौधरीले उप–प्रधानमंन्त्री एवम् रक्षा मंन्त्री ईश्वर पोख्रेललाई विशेष आग्रह गरेर सेनाको विशेषज्ञ टोली मगाएर संक्रमित लुकेर बसेको क्षेत्रमा तत्काल स्वाब परिक्षण गरिएको बताए ।

“सवैभन्दा बढी संक्रमित व्यक्ति भेटिएपछि स्थिति भयावह बन्न सक्ने भन्दै मेयर चौधरीले संघिय सरकार संग विशेषज्ञ सहितको टोली पठाउन आग्रह गरिएको बताए ।” ‘जतिवेला जे पनी हुन सक्ने अवस्था सृजना भयो, उनले भने ।

वेलैमा सजगता नअपनाउने हो भने परिस्थिति कठिन हुन सक्ने भन्दै संक्रमित बसेको क्षेत्रमा स्वाब परिक्षण गरिएको उनले बताए ।’

उनले संक्रमित व्यक्तिहरु (जमातीहरु) धर्म प्रचारमा त्रियुगा नगरपालीकाको १,२, ६ र १२ वडामा गएको खुल्न आएकोले सो वडाका झन्डै २५ हजार मानिसको थ्रोट स्वाब परिक्षणको लागी विभिन्न मन्त्रालय र संघिय सरकार समेत लिखित माग गरेको बताए ।




                                                   






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.