Websoft University

विपीमा कोभिड १९ अस्पताल शुरु


विराटनगर, वैशाख १४ गते । रातो तारा डट कम, प्रदेश १ सरकारले कोरोना भाईरस (कोभिड १९) का संक्रमितका लागि सुनसरीको धरानमा एक सय वेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ अस्पतालको आज मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसदहरु सावित्री जोशी, उमिता वराईली, धरान उपमहानगरपालिकाका प्रमुक तिलक राई लगायतले निरीक्षण गर्नुभएको छ ।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोनाको केन्द्रबिन्दु एक नम्बर प्रदेश भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले कोभिड १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताउनुभयो । कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो भएकोले आत्तिनु नपर्ने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्तामा १ सय बेडका अस्पताल तयार भएको बताउनुभयो । उहाँले आवस्यक परेको अवस्थामा विपीमा थप ५ सय वेड तयारी गरिने बताउनुभयो ।

उहाँले कोरोना उपचारका लागि अन्य स्थानमा पनि संभाव्यता अध्ययन भईरहेको बताउनुभयो । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएकोछ ।
प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको थियो । कोभिड अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भईरहेको
छ । कोभिड १९ कोरोना उपचार केन्द्रमा अहिले ५० वेड थप गरिएको छ । सो उपचार केन्द्र अहिले एकसय वेडको भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.