Websoft University

परिस्थितिलाई काबुमा राख्न सक्छौं : मुख्यमन्त्री राई


विराटनगर १२ वैशाख । रातो तारा डट कम, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो रहेको बताउनुभएको छ । उहाँले परिस्थितिलाई कावु भित्र राखिएको बताउनुभयो । उहाँले अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउनुभएकोछ। 

वल्र्ड भिजन इन्टरनेशनलले आज मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले पछिल्लो समय कोरोना भाईरसको संक्रमणको मात्रा प्रदेश १ मा बढेको बताउनुभयो ।

उहाँले संक्रमणको संख्या अझै बढ्न सक्ने आँकलन समेत गरिएको बताउनुभयो । मुख्यमन्त्री राईले भन्नभयो,‘ प्रदेश १ मा कोरोना भाईरस नियन्त्रणको तयारी राम्रो छ ।’ उहाँले कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश १ मा सवै एकढिक्का भएर काम गरिरहेको समेत बताउनुभयो । 

प्रदेश सरकारलाई उल्लेख्य सहयोग प्राप्त भईरहेको समेत  मुख्यमन्त्री राईले बताउनुभयो । सो कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल पुर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले २ सय १५ थान पीटीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.