Websoft University

आजसम्म उदपुरमा २५ जना कोरोना संक्रमित भएको पुष्टि – फेरी एक जनालाई उपचारको लागि बिराटनगर ल्याइदै,


श्याम राइ उदयपुर भुल्के, बैशाख १० गते । रातो तारा डट कम,भुल्के क्षेत्रमा ठुलोमात्र कोरोना संक्रमित भेटिए पछि सरकार प्रदेश सरकारले सो क्षेत्र लाई लक डाउन गरेर कोरोना टेस्ट गर्दै आएकोछ । त्रियुगा नगरपालिका वडानम्वर ३ स्थित मस्जिद नजिकै बसोवास गर्ने ५५ वर्षिय एक महिलामा आज फेरी कोरोना पुष्ठी भएको कुरा उदयपुर जिल्ला जनस्वास्थ्य कायालयका मोहन सुवेदीले जानकारी गराउनु भएको हो । 

आज सम्ममा उदपुरमा मात्र २५ जना कोरोना संक्रमित भएको पुष्टि भएकोछ । उक्त संक्रममितलाई उपचारको लागि कोराना अस्पताल बिराटनगर लाने तयारी भइरहेको समेत जानकारी प्राप्त भएकोछ ।

हामीलाई प्राप्त जानकारी अनुसार यि महिलाको पतिलाई पनि संक्रमण भएर पहिलानै उपचारको लागि बिराटनगर लगिएको बताइएकोछ ।

आज संक्रमित महिलालाई उपचारका लागि बिराटनगरको कोरोना अस्पताल लाने तयारी भइरहेको बताइएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.