Websoft University

सुन्दरहरैचा नगरपालिका द्वारा काठमाण्डौमा रहेका आफ्ना नगरवासीलाई घर फिर्ता


शिव भट्टराई,मोरङ बैशाख १४ गते । रातो तारा डट कम,
अस्थाई रुपमा काठमाडौमा वसोबास गर्दै आएका आफनो नगरक्षेत्रका मानिसहरु लकडाउनका कारण समस्यामा पर्न थालेको तर्फ मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले  आफना नगरवासीहरुलाई घर फिर्ता ल्याउने कार्य सुरु गरेको छ ।

कोरोना भाइरस नफैलियोस भनेर नेपाल सरकारले लगाउदै आएको लकडाउनको समय अवधि वढी रहेको समयमा काठमाडौमा अस्थाई रुपमा वसोवास गर्दै आएका सुन्दरहरैंचा वासीको घर फर्कने इच्छा अनुसार नगरपालिकाले घर फिर्ता ल्याउन थालेको हो ।

अस्थाई रुपमा काठमाडौंमा विभिन्न काम तथा कारणले वस्दै आएका नगरवासीहरु बेखर्ची वन्न थालेको अन्य समस्याहरु समेत आइपर्न सक्ने तर्फ मध्यनजर गर्दै नगरपालिकाले घर फर्कन चाहने सुन्दरहरैंचा वासीलाई अन्लाइन फर्म भर्ने व्यवस्था मिलाएपछि फर्म भरेका मध्ये पहिलो चरणमा ४५ जनालाई ल्याइपुर्याएको हो ।

घर फर्कन चाहने ५सय वढी मानिसहरु मध्ये पहिलो चरणमा क्रियापुत्री ,विद्यार्थी , विरामीलाई प्राथमिकताका साथ ल्याउने काम गरेको नगरवासीलाई लिन काठमाडौं पुगेका सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी विमल गौतमले जानकारी दिए ।

उनले घर फर्कन चाहने नगरवासीहरुको सामान्य ज्वरोको अवस्था जानकारी लिने गरि थर्मलगन सहित बस लिएर काठमाडौ पुगेर पहिलो चरणमा ४५ जनालाई ल्याएको र उनीहरुको स्वास्थ्य परिक्षण पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा गराउने काम गरेको वताए ।

गाडिमा खाने कुराको व्यवस्था सहित नगरपालिकाले आफुहरुलाई सहज रुपमा घर फर्काउने काम गरेकोमा घर फर्किन पाएकाहरु हर्सित भएका छन ।

काठमाडौंमा अध्ययनका लागि वसोवास गर्दै आएका विद्यार्थी तथा अन्य काम गर्दै आएकाहरु मात्र नभएर केही दिनका लागि मात्र काठमाडौं पुगेकाहरु समेत लकडाउनका कारण उतै वस्न वाध्य भई रहेको अवस्थामा नगरपालिकाले घर फर्काउने काम गरिदिएकोमा उनीहरुले नगरपालिकाको सो कार्यको प्रशंषा समेत गरे ।

सुन्दरहरंैचा नगरपालिकाको सहयोगमा घर फर्किएका नगरवासीहरुलाई सुन्दरहरैंचाको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कोरोनासंग सम्वन्धीत परिक्षण गरिएको र कसैलाई पनि अहिले सम्म समस्या नदेखिएकाले शसस्त्र प्रहरी बल सलकपुर को सहजीकरणमा घर पठाउने काम भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले जानकारी दिए ।

सुन्दरहरैंचा नगरपालिकाले घर फर्कन चाहनेहरुका लागि आह्वन गरेको अन्लाईन फर्म भरेकाहरुलाई क्रमिक रुपमा ल्याउने वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.