Websoft University

अत्यावश्यक, स्वास्थ्य सामाग्री खरिद गर्न गरेको ओम्नी समूहसँगको सम्झौता आजैबाट रद्ध


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन गरेको सम्झौता  रद्ध गरेको छ ।

आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्ध गरिएको जानकारी दिनुभयो । प्रचलित बजार भाउभन्दा २० प्रतिशत महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेको तर १० प्रतिशत मात्रै सामान आएको भन्दै अब त्यो संझौता रगर्ने निर्णय भएको बताउनुभयो । 

अब भोली नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुनः प्रक्रिया अगाडि बढाइने पनि उहाँले बताउनुभयो । यसअघि आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरी ल्याएको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने कीट गुणस्तर मापन  भएपछि मात्रै प्रयोगमा आउने जनाएको छ ।

सरकारले ल्याएका कीट विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको र बढी मूल्यमा किनिएको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले विज्ञप्ति निकालेर कीटको गुणस्तर जाच्नको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिएको बताउनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.