Websoft University

परोपकार महिला समाजद्वारा सुन्दरहरैचा नगरपालिकामा राहत हस्तान्तरण


शिव भट्टराई मोरङ चैत २२ गते । रातो तारा डट कम, परोपकार महिला समाजले सुन्दरहरैचा नगरपालिकालाई राहत सामाग्री दिएको छ ।उक्त महिला समाजले नगरपालिकालाई ९ बोरा चामल र ५० केजि नुन दिएको हो ।शुक्रबार उक्त महिला समाजले सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाललाई उक्त सामाग्री हस्तान्तरण गरेको परोपकार महिला समाजकी सचिव निरु बजगाईले बताइन ।

कोरोना भाइरसको सक्रमण नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेको छ ।लकडाउन घोषणा गरे सगै दैनिक ज्यालादारी गरेर खाने देखि , असाहय , गरिब नागरिकहरु समस्यामा परेका छन ।समस्यामा परेका नागरिकलाई राहत सामाग्री वितरण गर्न नगरपालिकाले विपत व्यवस्थापन समिती गठन गरेको छ ।

नगरपालिकामा जम्मा भएको राहत सामाग्री विपद व्यवस्थापन समिती मार्फत सबै वडालाई विभाजन गरि वडा वडा मार्फत वितरण गर्ने सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले बताए ।अहिले वडाले वडामा सर्वपक्षिय भेला बोलाई लगत संकंलन गर्ने कार्यक्रम गरिरहेको छ । सर्वपक्षिय भेला पश्चात् निर्माण भएको समितिले अहिले वस्ती वस्तिमा पुगेर लगत संकलन गरिरहेको छ ।

सुन्दरहरैचा नगरपालिकाले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने जनाए पछि अहिले नगरपालिकामा विभिन्न संघसस्थाबाट आएका राहतहरु जम्मा हुने कार्य भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.