Websoft University

डिजिटल कन्फरेन्स बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न



काठमाडौ बैशाख ८ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीहरुको डिजिटल कन्फरेन्स बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । 

कोरोना भाइरस (कोभिड १९) को संक्रमणले उत्पन्न गराएको जटिल परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिँदै मर्यादित र जिम्मेवार पत्रकारितालाई महासंघले जोड दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणका बीच सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने काममा क्रियाशील पत्रकारहरुलाई कतिपय सञ्चारगृह ले पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएकोछ । 

महासंघ श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न र संकटको यो घडीमा त्यस्ता निर्णयहरु नगर्न सञ्चार प्रतिष्ठानहरूको ध्यानार्कषण गराउँदछ । विगत चार हप्तादेखि जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समेत समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुका निमित्त तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । 

समाचार संकलनका क्रममा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न महासंघ आमसञ्चारकर्मीहरूमा आग्रह गर्दछ । साथै, क्वारेन्टीन, आइसोलेसन वार्ड र संक्रमण परिक्षण स्थलको सम्वेदनशिलतालाई ख्याल गर्न र पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभई नजान पनि आग्रह गर्दछ । 

साथै, असंगठित मजदुर, श्रमिक, सीमान्तकृत समुदाय र बाटोमा हिँडेर गन्तव्यतर्फ गइरहेका नागरिकहरुको समस्या सम्वोधन गर्न महासंघ सरकारसमक्ष आग्रह गर्दछ ।

रमेश विष्ट
महासचिव


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.