Websoft University

अवैध उत्खननमा संलग्न साधन दुई दिन नबित्दै कार्वाही नगरी छाडियो



शिव भट्टराई,मोरङ चैत ६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा स्थित जंगल क्षेत्रबाट अवैध उत्खनन् गरेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएका जेसीवी लगायतका साधन कारवाही नगरि छाडिएको छ । सुन्दरहरैंचाका स्थानीयबासीले सुकुना खोलाको मडुवा भन्ने जंगल क्षेत्रबाट नियन्त्रणमा लिएर सवडिभिजन वन कार्यालय सलकपुरमा बुझाएका सवारी साधन विना कारवाही छाडिएको हो ।

मोरङको सुन्दरहरैंचाको जंगल क्षेत्रमा पर्ने सुकुना खोलाको मडुवा भन्ने ठाउँमा गैरकानुनी रुपमा खोला उत्खनन् गरेको थाहा पाएपछि गत आइतबार बेलुका स्थानीयले विरोध जनाएका थिए । जंगल क्षेत्रमा खोला उत्खनन् गर्न नपाउने भएपनि केराबारी गाउँपालिकाले अनुमति दिएको भन्दै जेसिवि, ट्रयाक्टर र ट्रिपर प्रयोग गरि उत्खनन् गरेको पाइएपछि स्थानीयले विरोध गरेका थिए ।

स्थानीयले अवरोध गरेपछि सवडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझी र प्रहरी समेत घटनास्थल पुगेका थिए । जंगल क्षेत्रमा उत्खनन् गर्न गाउँपालिकाले अनुमति दिनै नपाउने अवस्थामा गाउँपालिकाले अनुमति दिएको तथा सवडिभिजन वन कार्यालय सलकपुरले पनि सहयोग गरेर सुन्दरहैंचातर्फको क्षेत्रमा उत्खनन् गरेको पाइएको भन्दै सुन्दरहरैचा नगर कार्यपालिका सदस्य भक्तकिरण राई र माझी बीच भनाभन समेत भयो ।

ल्याण्डफिल्ड साइडका लागि बाटो बनाउन उत्खनन् गरिएको भनिए पनि वन कार्यालयको घाटगद्दीमा समेत केही ट्रिपर बालुवा लगेर थुपारेको पाइएको छ । त्यसपछि उत्खनन् बारे थाहा पाएका स्थानीयले विरोध जनाउँदै को १ क ३५११ नम्बरको जेसिवि, को १ ख ६०८४ नम्बरको ट्रिपर, को १ त ७१२० नम्बरको ट्राक्टर सहित चालकलाई नियन्त्रणमा लिएर सवडिभिजन वन कार्यालय सलकपुरमा बुझाएका थिए ।

यसरी स्थानीयबासीले वन कार्यालय सलकपुरमा बुझाएकोमा वन कार्यालयले भने कुनै कारवाही नगरी गाउँपालिकाले नै निर्णय गर्ने गरि सवारी साधन जिम्मा लगाएको छ । यता वन कार्यालयका प्रमुख लालबहादुर माझीले गाउँपालिकाले नै छलफल गरेर निर्णय गर्ने गरि एकपटकलाई सवारीसाधानहरु छाडिएको बताए ।

उता गाउँपालिकालाई जिम्मा लगाएको सवारी साधनहरु सम्बन्धित धनीलाई बुझाइ सकिएको गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए । गाउँपालिकाले जंगल क्षेत्रमा फोहोर फाल्न पाउने भएकाले कार्यपालिकाबाट निर्णय गरि सोही अनुसार फोहोर फाल्ने ठाउँ बनाउन लागिएकोमा बनाउने कार्यमा संलग्नले तोकिएको भन्दा गलत काम गरेकाले विवाद देखिएको अध्यक्ष कार्कीको भनाइ छ ।

यता सुन्दरहरैचाका स्थानीयबासीले भने जंगलको बीचमा विना कुनै कारण उत्खनन् गर्नु प्राकृतिक दोहन नै भएको बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.