Websoft University

घरेलु मदिरा बरामद


बिराटनगर । रातो तारा डट कम,१०० लिटर घरेलु मदिरा तथा ५ हजार लिटर कच्चा पदार्थ बरामद - मिति २०७६/११/१७ गते अन्दाजी ११:३० बजे इप्रका रानीबाट खटिएको प्र.नि.को टोलीले जिल्ला मोरङ बिराटनगर मनपा-१५ र १६ का अन्दाजी ६ घरबाट अबैध रुपमा बनाएको  घरेलु मदिरा अ. १०० लिटर र मदिरा बनाउन प्रयोग गर्ने  भाडा बाल्टिन १५० वटा बरामत गरी इप्रका रानिमा ल्याई राखिएको, मदिरा बनाउने कच्चा कदार्थ अन्दाजी ५००० लि. सोही ठाउमा नष्ट गरिएको । उक्त मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको । 
७२ लिटर घरेलु मदिरा बरामद: मिती २०७६।११।१७ गते अन्दाजी १९:२० बजे जिल्ला मोरङ बुढिगंगा गा.पा.-६ स्थित कोयलपुर चौकमा प्रचौ कोयलपुरबाट प्रसनिको कमाण्डमा खटिएको गस्ति टोलीले साईकलमा अ. ७२ लिटर घरेलु मदिरा ल्याई रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.