Websoft University

ब्राउन सुगर सहित ३ जना पक्राउ


बिराटनगर, फाल्गुन २६ गते । रातो तारा डट कम,मोरङ र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । आईतवार साँझ साँढे ६ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका-८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको थियो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका-१३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । नियन्त्रीत लागूऔषध सहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.