Websoft University

सवारी दुर्घटना २ जनाको मृत्यु


बिराटनगर, फाल्गुन २६ गते । रातो तारा डट कम,सुनसरी र मोरङका २ स्थानमा आईतवार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका-६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बेलुका सवा ७ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका-९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। आईतवार राती साँढे ८ बजेको समयमा बेलवारी-९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका- १० का २८ बर्षीय तेज बहादुर धिमालको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.