Websoft University

नेपालमा खाना पकाउने ग्यासको अभाव नरहेको निगमको दाबी


काठमाण्डौ चैत्र २ गते । रातो तारा डट कम,काठमाडौं लगायतका सहरमा ग्यासको अभाव देखिए पनि नेपालमा भित्रिने ग्यासको आयात भने अहिलेसम्मकै उच्च देखिएको भन्दै अहिले नेपालमा खाना पकाउने ग्यासको अभाव नरहेको बताइएकोछ । 

नेपाल आयल निगमले दिएको जानकारी अनुसार पछिल्लो चार दिन अर्थात् आज सम्ममा मात्रै पाँच वटा नाकाबाट ४ सय ८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार एक बुलेट ग्यासबाट करिब आठ हजार ५ सय वटा सिलिण्डर भर्न पुग्छ । चार दिनमा भित्रिएको ग्यासका बुलेटबाट करिब ४० लाख ८८ हजार ग्यासका सिलिण्डर भर्न सकिन्छ ।

वीरगञ्जबाट दुई दिनमा २ सय १० बुलेट, विराटनगर भन्सारबाट चार दिनमा ६६ बुलेट, भैरहवा भन्सार भन्सार कार्यालय भएर तीन दिनमा १ यस ५३ बुलेट, नेपालगञ्ज भन्सार भएर तीन दिनमा ३० बुलेट र काँकडभिट्टा नाका भएर तीन दिनमा २२ बुलेट ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको छ । निगमले गलत हल्लाको पछाडी नलाग्न आम उपभोक्तालाई अनरोध समेत गरेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.