Websoft University

महिलाका बालबालिकालाई विदेशमा बस्ने दुई नेपालीले गरे आर्थिक सहयोग


काठमाण्डौ चैत्र २ गते । रातो तारा डट कम,सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्रापबाट ज्यान गुमाएकी महिलाका बालबालिकालाई विदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन् । छायानाथ रारा नगरपालिका १० जिउला गाँउकी २८ वर्षीया धनरुपा विकले पुस २२ गते पाँचौ सन्तानको रूपमा छोरी जन्माएकी थिइन् । 

छोरी जन्माएपछि अत्याधिक रक्तश्राव भएको थियो । हिमपातका कारण संचार सेवा अवरुद्ध भई समयमै एम्बुलेन्स बोलाउन नसक्दा उपचारको लागि जिल्ला अस्पातलमा ल्याउँदाल्याउँदै उनको पुस २३ गते बाटोमै मृत्यु भएको थियो । 

विभिन्न संचार माध्यममा आमाको मृत्युपछि शिशुको बिचल्ली भएको भन्ने समाचार प्रकाशित भएपछि अमेरिकाम बस्दै आउनुभएका सुवी थापाले ५० हजार र कुवेतमा बस्दै आउनुभएका सुरज मास्केले ५ हजार गरी ५५ हजार रुपैयाँ आमा गुमाएकी शिशुलाई आर्थिक सहयोग पठाउनुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.