Websoft University

११० औं नारी दिवस आज मनाइदै,


काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम,११०औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । ‘समानताको पुस्ताः अन्त्य गरौ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ मनाइँदैछ । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाइन्छ ।

आन्दोलनको १ सय बर्ष पार हुँदा विश्वका अन्य देशका हरेक क्षेत्रमा महिला र पुरुषको समानता भएपनि नेपालका महिलाहरु भने अझै संघर्षरत छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा दिवस मनाउँदै गर्दा नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका हकमा सरकार खास पहल गर्न सकेको छैन । सिरहाका प्रमिला सहनी ५६ वर्षको हुनुभयो । उहाँको घरमा श्रीमान छोरा, बुहारी र नाति छन् । श्रीमानको आफ्नै व्यवसाय छ ।
छोरा र बुहारी पढ्दै छन् । श्रीमान, छोरा, बुहारी धेरै जसो बाहिरै हुने हुँदा घरको काम गर्ने जिम्मा प्रमिलाकै छ । कैलालीका निर्मला चौधरी घरको कान्छी बुहारी हुनुहुन्छ । उहाँका २ जना जेठानी पनि छन् । परिवार संयुक्त छ । घरको सम्पूर्ण काम गर्ने जिम्मा बुहारीहरुलाइ छ । श्रीमान र जेठाजुहरु काममा जाने,  छोरा,छोरी स्कूल । बिहानै देखि उठेर घरको काम गर्दा पनि भ्याउन मुस्किल हुन्छ । सघाइदिने कोही हुँदैन । 
महिला पुरुष बराबरी भनेपनि घर व्यवहारको सम्पूर्ण व्यवस्थापन गर्ने महिलाको कामलाइ महत्व दिइदैन । सरकारले श्रमिकहरुका लागि भन्दै श्रम ऐन ल्याएपनि त्यसमा घरमा काम गर्ने महिलाको विषय समेटिएको छैन । घर व्यवहार चलाने महिलाको समय र परिश्रमको महत्व हुनुपर्ने महिला अधिकारकर्मी अपेक्षा निरौलाको भनाइ छ । 
घरभित्रै महिलाहरुको सम्मानजनक व्यवहारका लागि सरकारले केही नीतिगत व्यवस्थागर्छ ? महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडा यस विषयमा एउटा मन्त्रालय मात्रै भन्दा पनि सिंगो सरकारले पहल गर्नुपर्ने भन्दै यस विषयमा छलफल भइरहेको बताउनुहुन्छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.