Websoft University

काँग्रेसको पार्टीको भेला, र सम्मेलन रोकियो


 काठमाण्डौ । रातो तारा डट कम,प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पार्टीको भेला, सम्मेलन र सभाहरु स्थगित गरेको छ । तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४ औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने छ । 

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ । कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने काँग्रेसले जनाएको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ । कोरोना संक्रमणबारे सतर्कता र चेतना अभियान चलाइने समेत प्रवक्ता शर्माले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.