Websoft University

कफिको बिरुवा मर्न थालेपछि किसान लाई चिन्ता थपियो



काठमाण्डौ चैत ७ गते । रातो तारा डट कम,हेलम्बु गाउँपालिका वडा ६, इचोकमा लगाईएका कफिका बिरुवा मर्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । डढुवा र किराले अधिकांश बिरुवा मरेपछि व्यवसायिक कफि खेतिमा लाग्नुभएका रोमबहादुर पण्डित निराश हुनुहुन्छ । यसवर्षको हिउँददेखि कफिको बिरुवामा समस्या देखिएको पण्डितले बताउनुभयो । उहाँले वार्षिक तीन लाख आम्दानी गर्दे आउनुभएको थियो । 

लाखौं रुपैँया लगानी गरेर थालिएको कफी खेति संकटमा परेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा १० का यमबहादुर महत पनि चिन्तामा हुनुहुन्छ । ८ रोपनीमा जग्गामा उहाँले ७ सय बिरुवा लगाएर कफि खेतीलाई गर्दै आउनुभएको थियो । इन्द्रावती गाउँपालिकाको बाँडेगाउँका श्यामबहादुर कटुवाल पनि सबैजस्तो बोट फलले भरिए लगत्तै एकाएक मरेपछि छक्क पर्नुभएको छ । 

डढुवा र किराले कफिको अधिकांश बिरुवा मरेपछि जिल्लाका दुई हजार एकसय ५० कफि किसान समस्यामा परेका छन् । जिल्लाभर एकसय २४ हेक्टर क्षेत्रफलमा कफि खेती भइरहेकोमा फल लाग्न सुरु भएलगत्तै मरेको जिल्ला कफि सहकारी संघ, सिन्धुपाल्चोकका अध्यक्ष मञ्जु थापाले जानकारी दिनुभयो । 

जिल्लाभर वार्षिक उत्पादन हुने ३० मेट्रीकटनभन्दा बढी कफिबाट मात्रै वार्षिक अनुमानित दुई करोड आम्दानी हुने गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.