Websoft University

विराटनगर(नेपाल)–जोगबनी(भारत)को सिमा बिहान देखिनै निर्बाद रुपमा संचालनमा छ- बन्द को हल्ला गर्दै हिड्ने कालाबजारी हुन ?


बिराटनगर फागुन ३० गते । रातो तारा डट कम,कोरोना भाइरसका कारण भारत सरकारले आजबाट नेपाल–भारत सीमानाका बंद गरेको हल्ला फैलिएको छ । भारतले १३ मार्च देखि १५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गर्ने निर्णय गरेसँगै नेपालमा भारत सिमा बन्द हुने हल्ला फैलिएको हो ।

तर उक्त निर्णय अनुसार भारतले तेस्रो मुलुकका पर्यटकलाई मात्र प्रवेशमा प्रतिबन्ध लगाएको छ । सो निर्णयले नेपाल–भारत बिच हुने दुई देशिय आवतजावतलाई कुनै पनि असर नपार्ने जानकारहरु बताउँछन् ।

भारत, विहार सिमाक्षेत्रका पत्रकार रजेश शर्माका अनुसार विराटनगर(नेपाल)–जोगबनी(भारत)को सिमा बिहान देखिनै निर्बाद रुपमा संचालनमा छ । शर्मा भन्छन् “आजबाट भारत सरकारले पर्यटकलाई भिसा रद्द गर्ने निर्णय गरेकोछ, तर यो निर्णय तेस्रो मुलुकका नागरिकको लागी मात्र हो, नेपालीलाई आवतजावतमा कुनै रोक छैन” शर्माले थपे “आजैबाट बंद हुने हल्ला फैलिएतापनि बिहान देखिनै नेपाल–भारतका नाकाहरु निर्बाद रुपमा संचालनमा छन्, नेपाल–भारत दुई देशिय आवत जावत जारी छ”।

यो निर्णयसँगै १५ अप्रिलसम्म तेस्रो मुलुकका कुनै पनि पर्यटक भारत प्रवेश गर्न नपाउने भएका छन्। कूटनीतिक, अन्तर्रा्ष्ट्रिय संघसंस्था, जागिरे, प्रोजेक्ट भिसा पाएर भारत आउनेलाई भने रोकतोक नगर्ने भएको छ। उसले गैरआवासीय भारतीय कार्ड भएकालाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । (जनचर्चाबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.