Websoft University

व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीका आग्रह


काठमाण्डौ माघ २९ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिधिभित्र रहेर स्वच्छ, पारदर्शी र व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

काठमाण्डौंमा आयोजित महत्वपूर्ण व्यवसायीक व्यक्ति सम्मान कार्यक्रममा उहाँले कारोबारलाई स्वच्छ बनाई पारदर्शी बन्न सके मात्रै सुशासन कायम हुने धारणा राख्नुभयो ।  प्रधानमन्त्री ओलीले निर्यात प्रबद्र्धनमा सरकारले सहजीकरण गर्न सहयोग गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो  । 

कमिसन र भ्रष्टाचार सह्य नहुने भन्दै प्रधानमन्त्री ओलीले कुनै पनि कमिसनको पछि नलाग्न व्यवसायीहरुलाई सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले आफुलाई चाहिने बस्तु आफै उत्पादन गर्ने क्षमता विकास गर्नु पर्नेमा समेत जोड दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.