Websoft University

केराउको तस्करी बढ्दै


काठमाण्डौ माघ २९ गते । रातो तारा डट कम,कपिलवस्तुमा केराउ तस्करी बढ्दै गएकोछ। नेपालबाट दिनहुँ तस्करहरुले सयौँ कुइन्टल केराउ अवैध रुपमा चोरी निकासी गरी भारतमा बिक्री गर्न लैजाने गरेको भेटिएको
छ । तस्करहरुले साइकल, मोटरसाइकल र अटो रिक्सा प्रयोग गरेर केराउ भारततिर लैजाने गरेको स्थानीयवासीले बताएका छन् । 

कृष्णनगर र विजयनगरको सिमाना भारतसँग जोडिएको र खुल्ला सिमाना भएकोले तस्करहरुलाई चोरी निकासी गर्न सहज भएको स्थानीय बताउँछन् । विगत केही महिनादेखि भारतमा केराउको दाल महँगो भएको छ । नेपालमा प्रतिकिलो ६५ रुपैयाँ पर्ने र भारतमा ८० रुपैयाँमा विक्री भएकोले नेपालको केराउ भारतमा लगेर बेच्ने गरेको बढ्नीका एक जना व्यापारीले बताए । 

सशस्त्र बेस क्याम्प डालपुर र ईलाका प्रहरी कार्यालय गणेशपुरको मातहतमा रहेको प्रहरी चौकी ठाकुरापुर नजिकैबाट तस्करी हुँदा स्थानीय प्रशासन मुख दर्शक हुने गरेको स्थानीयवासीहरुले गुनासो गरेका छन् । यस विषयउमा ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख मधु नेपाललाई बुझ्न खोज्दा आफुले जानकारी पाएको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.