Websoft University

सुन्दरहरैचा नगरपालिकाक केन्द्रिय कार्यालय सलकपुरमा सर्ने- नगरप्रमुख शिव प्रसाद ढकाल


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा,मोरङको सुन्दरहरैचा नगरपालिकाक केन्द्रिय कार्यालय सलकपुरमा सर्ने भएको छ । गोठगाउमा आयोजित एक सप्ताह पुराणमा सहभागी हुन पुगेका सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले आफ्नो मन्तव्यको क्रममा सो कुरा बताएका हुन ।

उनले मन्तव्यको क्रममा भनेका छन ” जनताको आकांक्षा र आवश्यकताको आधारमा अब नगरको केन्द्रिय कार्यालय सलकपुरमा रहने छ । उनले यसो भन्दै नगरवासीलाई नगर सर्ने कुरामा ढुक्क हुन्न आश्वासन समेत दिएका छन।मन्तव्यकै क्रममा नगरप्रमुख ढकालले पुर्वाञ्चल विश्व विधालयको केन्द्रीय कार्यालय गोठगाउमा आउने समेत बताएका छन । उनले विश्व विधालय जाने बाटोको डिपियार तयार भई सकेको भन्दै गोठगाउलाई खाल्डा खुल्डी र धुलो मुक्त बनाउने समेत उद्घोष गरे ।

उनले नगरको साथै आफ्नो प्रमुख एजेण्डा कृषीलाई व्यवसायीक बनाउने भन्दै आफुले कृषकहरुलाई नया नया प्रविधी का कृषि सामाग्री समेत हस्तान्तरण गर्दै आईरहेको बताए ।उनले मन्तव्यमा सबै धर्म उतिकै भएकाले सबै धर्मप्रती आस्था राख्दै अरुको धर्म प्रती पनि सम्मान गर्नु पर्ने उद्घोष गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.