Websoft University

एलिशा र सुशान्तले तताउँदै सिड्नी



 काठमाण्डौ माघ २७  गते । रातो तारा डट कम,बिगत ३ बर्ष देखि लगातार गर्दै आएको  रगडेल होली मेला यस पटक पनि आयोजना हुने भएको छ ।  नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएको छ । 



 बिगतका बर्षहरुमा करिब २०००० भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने  बिस्वास लिएको छ आयोजक टिमले ।  रगडेल ब्वायज  र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने बताए सो कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गले ।

गुरुङ्गका अनुशार यो पटक एलिसा र सुशान्त संगै  गायक बिक्की  गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउनेछन त्यस्तै  अन्य चर्चित  कलाकारहरुको पनि उपस्थिति रहने छ।  " हामीले  मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ  इतिहास रच्नेछौ " उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिनुभयो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.