Websoft University

पाइप जोड्ने क्रममा लापरवाही हुदा आयोजनालाई १६ करोड क्षेति भयो,गलत काम गर्नेलाई कार्यवाही हुनुपर्छ–अर्थमन्त्री डा. युवराज खतिवडा




काठमाण्डौ माघ २८ गते । रातो तारा डट कम,सरकारले मेलम्ची खानेपानीको पाइप जडान गर्दा लापरबाही गर्नेमाथि कारबाही हुनुपर्ने जनाएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले १६ करोडको पाइप जोड्ने क्रममा लापरबाही गरेर क्षति भएको भन्दै त्यो कार्यमा जिम्मेवार व्यक्तिलाई कारबाही हुनुपर्ने मन्त्रालयको अडान रहेको बताउनुभयो ।

मन्त्रालयले मेलम्ची आयोजनालाई रकम उपलब्ध गराउने तर काममा लापरबाही गर्नेलाई कारबाही हुनुपर्ने खतिवडाको भनाइ छ । खानेपानी मन्त्री बिना मगरले विभिन्न निकायबीच समन्वय नहुँदा समस्या आएको र मेलम्ची खानेपानी आयोजनाले क्षति बेहोर्नुपरेको बताउनु

भयो । खानेपानीका पाइप पुराना भएकाले थप क्षति भइरहेको र व्यवस्थापन गर्न समस्या आइरहेको उहाँको भनाइ थियो । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले पनि पाइप फुटेर मेलम्ची खानेपानी आयोजनालाइ १६ करोड क्षति भएको स्वीकार गर्नुभयो । समिति बैठकमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन कार्यालयका प्रमुख भोजविक्रम थापाले पाइप जडान र जमिनमुनि गाड्ने क्रममा १६ करोडको क्षति भएको बताउनुभयो ।

समितिमा युटिलिटी करिडोरबारे छलफल भएको थियो । खानेपानीका पाइप, विद्युत लाइन, टेलिकम र केबुलका तारलगायतको कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको हो । यो क्षेत्रलाई व्यवस्थित गर्न कानुन ल्याउन तथा सरकारका निकायबीच समन्वय गर्नेबारे छलफल भएको हो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.