Websoft University

निजगढ ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयको जीर्ण–विद्यार्थीलाई पठनपाठन गराउनै गारो


काठमाण्डौ माघ २८ गते । रातो तारा डट कम, बारा २०७२सालको भुकम्पले बाराको निजगढ नगरपालिकास्थित एक सामुदायीक विद्यालय भवन जीर्ण बनेको छ । तर, कक्षाकोठा अभावमा विद्यालयले सोही भवनमा राखेर विद्यार्थीलाई पठनपाठन गराउँदै आएको छ ।

निजगढ ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयको १४ कोठे भवन बस्नै नमिल्ने गरी चर्किएको छ । भुकम्पपश्चात अनुगमनमा आएका प्राविधिकले समेत भवन कुनैपनि बेला भत्किन सक्ने जोखिम रहेको भन्दै विद्यार्थीहरुलाई तत्काल अन्यत्र सार्न सुझाव दिएका थिए ।

तर, कक्षाकोठा अभावमा विद्यार्थीलाई जोखिम मोलेरै भएपनी पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कुल बहादुर मगरले गुनासो गर्नुभयो । उहाँका अनुसार नौ वटा कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला र चमेनागृह समेत रहेको सो भवनमा दुई सय ५० विद्यार्थी नियमित अध्ययन गर्दै आइरहेका छन् ।

भवनको विकल्पका रुपमा तत्काल अर्को भवन निर्माण गर्ने बजेट नहुँदा विद्यार्थीहरुलाई अन्यत्र लैजान नसकिएको मगरले बताउनुभयो । विद्यालय भवनको दुरावस्था र विद्यार्थीको जोखिमबारे स्थानीय तहमा जानकारी गराएपनि त्यसका लागि पर्याप्त बजेट नभएको जवाफ आफूहरुले पाएको उहाँले बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.