Websoft University

सुन्दरहरैचा एकता युवा क्लवले गर्यो सरसफाई


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सास्कृतिक कार्यक्रमको आयोजना गरिएको स्थलमा कार्यक्रम सकिदा जम्मा भएको फोहोर मैला कार्यक्रम आयोजक सुन्दरहरैचा एकता युवा क्लव आफैले संकलन गरी व्यवस्थापन गरेको छ ।

कार्यक्रमहरु आयोजना गर्दा धेरै मानिसहरुको सहभागिता हुने साथै मानविय चापसंगै जम्मा हुने फोहोरमैला व्यवस्थापन नगर्दा वातावरणीय प्रदुषण हुने तर्फ मध्यनजर गर्दै आयोजकले नै फोहोर व्यवस्थापन गरेको हो । 

गत सोमबार मोरगंको गछिया खेल मैदानमा आयोजना गरिएको भ्वाइस लाईभ कन्र्सट कार्यक्रम आयोजक सुन्दरहरैचा एकता युवा क्लवका पदाधिकारीहरुले अरुलाई समेत कार्यक्रमको आयोजनापछि हुने फोहोर व्यवस्थापन आफैले गर्नु पर्छ भन्ने संदेश दिने उद्धेश्यले सफाइ कार्यक्रम गरिएको वताइएको छ । 

विगतमा पनि सो क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना हुने गरेकोमा कार्यक्रमपछि जम्मा भएको फोहोर मैला त्यसै छोडिने गरेको तर्फ मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको गछिया खेल मैदान सफाई गरिएको क्लवका अध्यक्ष सुमन राईले वताए । 

सरसफाई कार्यक्रममा क्लवका सचिव डम्बर थापा मगर , सहसचिव निश्चल घिमीरे लगायतका क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.