Websoft University

सुन्दरहरैचा काठमाण्डौ सम्पर्क समाजको कार्यसमिति गठन


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा काठमाण्डौ सम्पर्क समाजको प्रथम अध्यक्षमा प्रेम प्रशाद लुइटेल चयन भएका छन । काठमाण्डौमा बुधवार सम्पन्न भेलाले लुइटेलको अध्यक्षमा १० जना कार्यसमिती समेत चयन गरिएको हो ।

सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालको अध्यक्षतामा भएको भेलामा विशिष्ट अतिथीको रुपमा राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी त्यस्तै सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धन माया तमाङ, स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठ लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

काठमाण्डौमा छरिएर रहेका सुन्दरहरैचा नगरवासी र सुन्दरहरैचा नगरपालिका बिच समान्वय गरी नगरपालिकालाई सम्रिद्ध बनाउने योजना तथा कार्यक्रम ल्याई नगर विकासमा सेवा गर्न यो समाज गठन गरिएको लुइटेलले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले अहिले सम्म भएका बिकासका गतिविधी प्रस्तुत गर्नुका साथै नगरका भावी योजना बारे भेलामा प्रस्तुत गरेका थिए । उनले आफु नगरप्रमुख भए पछी ल्याएका योजना आफुले पुरा गरेरै छाड्ने बताउदै त्यस योजनामा सहयोग गर्दै हातेमालो गर्न आग्रहगरे ।

भेलाको अन्त्यमा लुइटेलले अब को बैठकबाट नगरलाई सम्रिद्ध बनाउन केही नयाँ योजना ल्याउने र नगरको विकासमा संघिय सरकारअको ध्यानाकर्षण गराउने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.