Websoft University

सिमकोटमा पनि फोरजी सेवा सुचारु


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम,उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा फोरजी सेवा सुचारु भएको छ । मोबाइल डाटाबाट इन्टरनेट चलाउने प्रयोगकर्ताले हिजो चौंथो पुस्ता फोरजी चलाउन पाउने भएका छन् । जडानका लागि जिम्मा पाएको हिरम्स कम्पनीका सुरेन्द्र पालले हिजो एक तर्फको जडान सम्पन्न भएको आज दुई तर्फको जडान गरेर भोलि विहान सम्म सबै काम सम्पन्न भई सक्ने बताउनुभयो । तीन जनाको प्राविधिक टोलीले फोरजी सेवा जडान गरिरहेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख राम प्रसाद भट्टराईले बताउाुभयो । जडानका सामान आउन ढिलाई भएकाले जडानमा केही दिन ढिलो भएको प्रमुख भ्टटराईले बताउनुभयो । मंगलबार एक तर्फको जडान सम्पन्न भएर सदरमुकाम सिमकोटको तल्लो बजार, तल्लो गाउँमा फोरजी बाट इन्टरनेट चलाउन सुरु गरिएको छ । यो सेवा जिल्लाका पाँच वटा स्थानमा जडान हुने छ  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.