Websoft University

विराट एक्स्पोको बिभिन्न स्टलमा भीड


विराटनगर, फागुन ५  गते । रातो तारा डट कम,विराटनगर–२ स्थित शंकरपुरमा जारी  विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । 

उद्योठ संगठनले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि  उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताउनुभयो । 

विशेषगरी खरायो मासुका लागि पालन गरिने भए पनि नेपालमा खरायोको मासुका फाइदाका विषयमा उपभोक्तालाई ज्ञान नहुँदा खरायोलाई सौन्दर्यका लागि मात्रै पाल्ने चलन रहेको उनले बताए । विगत एक वर्षदेखि व्यवसायिक रुपमा खरायो पालन गर्दै आउनजुभएका भण्डारीले खरायो पालनबाट राम्रो आमदानी गर्न सकिने संभावना रहेको बताए । 
खरायोमा मात्रै हैन चियाका स्टलमा पनि उपभोक्ताको रुचि उत्तिकै छ । विशेषगरी ग्रीन टीका विषयमा उपभोक्ताको धेरै चासो देखिएको विराटनगरका व्यवसायी समिर आचार्यले बताए । आचार्यका अनुसार ग्रीन टीका थुप्रै फाइदा रहेकाले पनि उपभोक्तालाई ग्रीन टीका विषयमा जानकारी दिनु आवश्यक रहेको बताउनु भयो । 

धनकुटाबाट ल्याइएको एबोकाडो किन्न उपभोक्ताले हानाथाप नै गरेको व्यवसायी हर्क राईले बताए । उनले प्रदर्शनीका लागि ल्याएको एबोकाडो बिक्रि भइसकेको छ । एबोकाडोको  माग धेरै भए पनि आफूसँग बिक्रिका लागि थप एवोकाडो नभएको उनले बताए । मोरङको सिंहदेवीका चिया उद्योगी नारायण राईका अनुसार अर्गानिक, चिया र तरकारीको बारे जान्न र बुझ्न आउनेको धेरै भीड रहेको छ । 

एक्स्पोमा कृषिका नयाँ उत्पादन हेर्न मात्रै नभई स्वस्थ्यका लागि उपयोगी ज्ञानसमेत पाइएको उपभोक्ता शम्भु राजवंशीले बताए । यता एक्स्पोमा राखिएका कृषिजन्य उपजका स्टलहरूमा उपभोक्ताको  रुचि देखिएको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए । 

विशेषगरी नयाँ खालका एबोकाडो, किवीलगायतका  कृषि उपजमा उपभोक्ताको रुची देखिएको छ । राठीले हालसम्म ५ करोड बढीको कारोबार भइसकको र दैनिक २० हजार बढीले एक्स्पोको अबलोकन गर्दै आएको बताउनु भयो । 
बालबालिकाका लागि राखिएको मनोरञ्जनका खेलबाट बालबालिकाले मज्जा लिएका छन् । 

जुत्ता र कपडामा बजार भाउभन्दा छुट पाएकाले उभोक्ताको आकर्षण भएको हो । दैनिक कलाकारले साँगीतिक कार्यक्रम गर्दै आएका छन् । मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ।

 उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ । हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको बताइएको छ । 
नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ । 

एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.