Websoft University

अनावश्यक भन्दा बढी कोराना भाइरसबारे भयो– अध्यक्ष प्रचण्ड


काठमाण्डौ माघ २२ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे अनावश्यक प्रचार भएको टिप्पणी गर्नुभएको छ ।  
प्रचण्डले यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको बताउनुभयो । भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल भने त्रसित हुनुपर्ने अवस्था नरहेको, तर सतर्क हुनुपर्ने धारणा राख्नुभयो । कोरोना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेहरुको मृत्यु भएको समाचार आएपछिको असर विश्वव्यापी रुपमै परेको बताउदै प्रचण्डले  नेपालमा कोरोनाका बिरामी नहुनु सुखद भएको बताउनुभयो । 
पोखरामा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताउनुभयो । राजनीतिक र जनताको दुबै तहमा छलफल भइरहेको एमसिसीका विषयमा जनतालाई बुझाउन अध्ययन कार्यदल गठन भएको प्रचण्डको भनाइ थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.