Websoft University

बम तथा विष्फोटक पदार्थ सहित पक्रउ


मोहन कुमार राई÷ फाल्गुण ७  गते । रातो तारा डट कम,संखुवासभा जिल्ला स्थित चैनपुर नगरपालिका वडा नं. १ स्थित गुफापोखरीबाट जोरपाटी जाने सडक एरियामा बम तथा विष्फोटक पदार्थ सहित ५ जना मानिस पक्राउ परेका छन् ।

जिल्लाका विभिन्न स्थानहरुमा आग्जनी तथा बम विष्फोटन गरी फरार रहेका व्यक्तिहरुका खोजतलास गर्न खटिएको गस्ती टोलले फाल्गुण २ गते पक्राउ गरेको हो । शंकास्पद रुपमा हिडिरहेको देखि प्रहरी गस्ती टोलीले सोधपुछ गर्दा प्रहरी टोलिमाथि नै आक्रमण गरी भाग्न खाजेपछि प्रहरी टोलीले १ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको थियो ।

पक्रउ पर्नेमा नेकपा विप्लप समुहका जिल्ला सदस्य संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नंं ४ दोभानेका अग्नि भन्ने सन्तोष तामाङ सहित ५ जना पक्राउ परेको हो ।  उनीहरुको साथबाट रेडबुल बम १ थान, सकेट बम १ थान, विष्फोटकमा प्रयोग हुने सेफ्टिी फ्युज तथा तार लगायत विभिन्न कागजातहरु बरामद गरिएको जिलला प्रहरी कार्यालय संखुवासभाले जनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको समेत जनाएको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.