श्याम राई ÷उदयपुर,गाईघाट फागुन ७ गते । रातो तारा डट कम,नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले कामको मूल्याकंनको आधारबाट कांग्रेसको नेतृत्व चयन गरिनु पर्ने बताएकाछन् । अब विगतमा भएको जस्तो परिपाटीको अन्त्य गरिनु पर्छ । पकेटबाट फत्त निकालेर ल्याउने काम गरिनु हुदैन ।’ उनले भने ।
अबको महादिवेशनमा विधि र विधान मिच्नेलाई नेतृत्वमा ल्याउन नहुने उनले बताए ।‘ सभापती पदमा म उठ या नउठु तर पार्टीको काममा खट्ने आम कार्यकर्ताको भावना बुझेर काम गर्न प्रेरित गर्नेलाई नेतृत्वमा ल्याउनु पर्ने उनले बताए । उनले पार्टीमा सस्कार र नैतिकता हराउँदै गएकोले अहिले कांग्रेस कमजोर बन्दै गईरहेको बताए । अब जनताको समस्यासँग नजोडी कांग्रेस पूरानै अवस्थामा फर्कन नसक्ने उनले बताए ।
पार्टी भित्रको गुट उपगुटको प्रसंगमा डा.कोईरालाले सभापती आफैले गुट बनाएर हिडीरहेको बताए ।‘ पार्टी सभापती सबै कार्यकर्ताको भएकोले उनले गुट बनाउनुको कुनै अर्थ नरहेको उनले बताए । कमजोरले मात्र आफू शक्तिमा आउन गुट बनाउने हो । बलियोले गुट बनाउन आवश्यक नरहेको उनले बताए ।
नेपाली कांग्रेस उदयपुरले स्थानीय तहमा कांग्रेसबाट विजयी जनप्रतिनिधिहरुको लागि आयोजना गरेको तिन दिने प्रशिक्षण कार्यक्रमको बुधबार उद्घाटन गर्दै डा.कोईरालाले अख्तियार, न्यायलय सरकारको निर्देशनमा चलिरहेको बताए ।‘ मोहरा प्रकरण, ललिता निवास जग्गा प्रकरणमा अख्तिायार र न्यायलयले गरेको फैसलाबाट पनि उक्त कुरा प्रष्ट भएको छ ।’ उनले भने ।
‘अहिले लोकतन्त्र भएको आवास नै छैन । लोकतन्त्र कम्यूनिष्ट सरकारको नियन्त्रणमा छ ।’ उनले भने,‘ प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता सबै हनन भएको छ । प्रधानमंत्री आफैले शक्ति संचय गरेर राखेकाछन् ।’ उनले भने । मूलुकमा अधिनायकबाद ल्याउने तयारीमा वर्तमान सरकार लागि परेको संकेत देखिन थालेको कोईरालाले बताए ।
आफूलाई उग्र राष्ट्रवादी बताउने प्रधानमंत्री ओलीले अमेरीकी एक संसदले चिठी लेखेर रोक्न भनेकै भरमा चाईनासँग गर्न लागेको सुपुर्दगी सन्धी रोकेको उनले बताए ।‘ आली जीको नक्कली राष्ट्रवाद यो प्रकरणपछि पूरै उदाङगीएको उनले बताए ।
डा.कोईरालाले सरकारको दुई वर्षे कार्यकाल पूरै असफल भएको बताए ।‘ मूलुकमा भ्रष्टाचारले चरम गती लिएको शुसाशन कायम नभएकोले सरकार पूरै असफल बनेको उनले बताए ।
केन्द्रिय सदस्य गुरु घिमिरेले जनअपेक्षा अनुसार कांग्रेसले प्र्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए । वर्तमान सरकारले संसदलाई लाचार छाया बनाएकोले संसद कार्यकारीको आदेस पालना गर्ने थलोको रुपमा विकसित भएको उनले बताए ।
केपी जीको गणतन्त्र ल्याउने सवालमा कुनै योगदान छैन । उनी चोट्टाहरुको सरदार बन्नु भएको छ ।’ उनले भने ।
Post a Comment