Websoft University

दशरथ रंगशालामा आज फुटबलका दुई खेल हुँदै,


काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम,सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्यान्न १२ बजे भिड्ने
छन् । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ । उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार कम्तिमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छ । तालिकाको पाँचौ स्थानका रहेको थ्री स्टारको १४ अंक छ । सरस्वती चार अंक सहित तालिकाको पुछारमा छ ।  दोस्रो खेलमा एपीएफ र मछिन्द्र दिउँसो तीन बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधि होडमा रहेको मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । एपीएफ भने रेलिगेशनको डरबाट गुज्रिरहेको छ । मछिन्द्र १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एपीएफ पाँच अंक जोडेर रेलिगेशन जोन भन्दा मात्र एक अंक माथि छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.