Websoft University

उद्योग संगठन मोरङले मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्यो



विराटनगर । रातो तारा डट कम, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको १० औं स्मृति तथा फागुन २ गते देखि संगठनको आयोजनामा हुन लागेको विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) को पूर्व संध्या र नेपाल भ्रमण वर्ष २०२० को अवसरमा उद्योग संगठन मोरङले मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।

आज भएको मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिताको फाइनलमा नोवल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा. लि.ले मोरङ व्यापार संघलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङ व्यापार संघले निर्धारित ५ ओभरमा ६२ रन बनाएको थियो ।
६३ रनको विजय लक्ष्य पाएको नोवलले ३ दशमलव २ बलमा १ विकेट गुमाउदै सो विजय लक्ष पार गरेको छ । प्रतियोगितामा २० रन वनाउनका साथै ५ विकेट लिएका मोरङ व्यापार संघका गौरव सेठिया म्यान अफ द सिरिज घोषित भए ।

विजेता तथा उपविजेतालाई शिल्ड तथा प्रमाण पत्र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले वितरण गरे ।अध्यक्ष घिमिरेले संगठनका पूर्व अध्यक्ष्ँ स्व. गोल्छाको १० स्मृति र विराट एक्स्पोको पूर्व संध्यामा संगठनले आयोजना गरेको मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताले सबै वीच आपसी भाईचारा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले खेलकुद केवल मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ जिवन शैली विकासमा समेत मद्त पु¥याउने भएकाले उद्योगी÷व्यवसायीलगायत सबैले आफ्नो जीवन शैलीमा खेलकुदलाई पनि प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि विराटनगर महागनरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर महानगरपालिकाले क्रिकेट खेललाई प्राथमिकता दिई मेयर कप आयोजना गर्ने घोषणा गरेको वताउँदै नेपालका अन्य स्थानमा भए जस्तै विराटनगरमा पनि क्रिकेट प्रिमीयर लिग हुनु पर्ने र त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार रहेको घोषणा गरे । उनले नीजि क्षेत्र संस्था उद्योग संगठन मोरङ मोरङ व्यापार संघ र विराट व्यापार संघलाई विराटनगरमा क्रिकेट प्रिमियर लिग आयोजना गर्न अग्रसरता जनाउन अनुरोध गर्दै महानगरपालिका त्यसका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको जानकारी गराए ।

क्रिकेट प्रतियोगिताका संयोजक सुवोध कोईरालाले स्व. महेन्द्र गोल्छाको १० औं स्मृतिमा आयोजना गरिएको मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट खेलले आपसी सम्वन्ध थप प्रगाढ वनाई स्वस्थ्य जीवन शैली विकासमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । संयोजक कोईरालाले सुपर सिक्स प्रतियोगितामा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल पत्रकार महासंघ, संयूक्त ट्रेड युनियन, विराट व्यापार संघ र नोवल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा. लि. वीच ४–४ ओभरको खेल हुने जानकारी गराए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.