Websoft University

सरकारले सवारी दुर्घटनाग्रस्त सडक सुधारको लागि अध्ययन सुरु गर्यो


काठमाण्डौ माघ १९ गते । रातो तारा डट कम, दुर्घटना ग्रस्त सडक र क्षेत्रहरुको अवस्था सुधार गर्न सरकारले अध्ययन सुरु गरेको छ । सडकको दुरावस्थाका कारण हुने दुर्घटना कम गर्न सरकारले अध्ययन सुरु गरेको हो । ठूला दुर्घटना भइरहेका राजमार्ग र दुर्घटनास्थलमा ट्राफिक प्रहरी र विज्ञ सहितको टोलीले अध्ययन सुरु गरेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभयो । 

सरकारले सिन्धुपाल्चोक जिल्लाको दुर्घटनाग्रस्त स्थानबाट अध्ययन सुरु  गरेको हो । यो कामका लागि उपमहानिर्देशक सापकोटाको नेतृत्वमा टोली खटिएको छ । टोलीले काभ्रे, सिन्धुली, सुनसरी, धादिङलगायतका क्षेत्रका सडकको अवस्था हेरेर सुधारका लागि गर्नुपर्ने कामबारे सिफारिस गर्नेेछ । गत मंसिर २९ गते सिन्धुपाल्चोकमा १५ जनाको मृत्यु हुने गरी दुर्घटना भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनुभएको थियो । 

अहिले सरकारले दुर्घटना घटाउन विभिन्न उपायको खोजी भइरहेको बताएको छ । यातायात व्यवस्था विभागले चालकको अन्त ध्यान मोड्ने खालका ट्रक साहित्य लगायतका सामाग्री हटाउन निर्देशन जारी गरिसकेको छ । सवारी चालकलाई सहज हुने गरी सडक पूर्वाधारहरु सुधार गरेपछि दुर्घटनामा कमी आउने सडक विभागको विश्वास छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.