Websoft University

आजबाट १२औँ चरणको ए डिभिजन खेल हुदै,


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम,सहिदस्मारक ए डिभिजन लिग फुटबलमा आजबाट १२औँ चरणका खेल हुँदैछन् । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार आजबाट दैनिक ३ खेल हुने
छन् । एन्फाले सबै खेल सातदोबाटोस्थित एन्फा कम्पलेक्समै गर्ने जनाएको छ । 

आज बिहानै पौने ९ बजे विभागीय टोली एपीएफले फ्रेण्ड्स क्लबसँग खेल्नेछ । मध्यान्ह् सवा १२ बजे हुने अर्को खेलमा च्यासल युथ क्लबले रेलिगेसनको अर्को दाबेदार सरस्वती युथ क्लबसँग खेल्नेछ । ११ खेलबाट १२ अंक रहेको च्यासल दशौँ स्थानमा छ भने समान खेलबाट ४ अंक मात्र रहेको सरस्वती अंक तालिकामा पुछारमा छ । 

तेस्रो खेल संकटा क्लब र मच्छिन्द्र क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । उपाधिको दाबेदारमध्ये एक मछिन्द्र ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ । साविक उपविजेता संकटा भने १५अंकसहित आठौं स्थानमा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.