Websoft University

बेलबारी प्रहरीले हराएको ८ वटा मोटरसाइकल र १३ वटा मोबाइल प्रहरी अनुसन्धानबाट फेला पारी सम्बन्धित व्यक्तिलाई आज बुझाउदै,



बिराटनगर मोरङ पुस २० गते । रातो तारा डट कम,बेलबारी, ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको ८ वटा मोटरसाइकल र १३ वटा मोबाइल प्रहरी अनुसन्धानबाट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । आईतवार ईलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले फेला परेको मोबाइल सेट र मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लागाएको हो ।

प्रहरीले मोटरसाइकल बरामद गर्ने क्रममा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा ७ का सन्तोस खत्री, निश्चल श्रेष्ठ र रोजिस राई रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रहरीले भेटिएका मोबाइल सार्वजनिक गर्दै आफन्तको जिम्मा लगाएको हो ।

हराएका मोबाइल तथा मोटरसाईकल खोजीका लागि विभिन्न समयमा परेका निवेदनका आधारमा प्रहरीले खोजी अनुसन्धान गरेको थियो । यस अघी विभिन्न मितिमा ईलाका प्रहरी कार्यालयले हराएको मोबाइल ३३ वटा र चोरी भएको बाइक १० वटा फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइसकेको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।

हराएको मोबाइल फेरा पारेपछी खुशी हुँदै सम्बन्धित मोबाइल धनीहरुले प्रहरीको प्रशंसा गर्दै प्रहरीलाई धन्यवाद दिएका 
थिए । बेलाबारी र सुन्दरहरैचा बाट हराएका मोबाइलहरु विरगंज, उदयपुर, रामपुर, ठोकशिला, काकाड्भिट्टा , सिराहा, सप्तरी, सुनसरी र मोरङबाट फेला पारेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.