Websoft University

जनगणनकालागी मोरङमा दुई वटा कार्यालय रहने


कुमोद अधिकारी–विराटनगर,पुस २० गते । रातो तारा डट कम,राष्ट्रिय जनगणना–२०७८ मा यसपटक शिक्षकहरुलाई गणकको रुपमा नखटाइने भएको छ । विद्यालयको पठनपाठन अवरुद्ध हुने भन्दै यसपटकको जन गणनामा विद्यालयका शिक्षकलाई तथ्याकं संकलनका लागी नखटाइने राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

यसपटकको जनगणनामा करारमा कर्मचारी नियुक्त गरेर गणकको रुपमा खटाईने सो कार्यालयले जनाएको
छ । विराटनगरमा आज आयोजित कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । विगतको जनगणनामा मोरङमा १५ सयभन्दा वढि शिक्षक गणकको रुपमा खटिएका थिए । ‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङक कार्यालय आगामी विस २०७८ जेठ २५देखि असार ८ गतेसम्म हुने राष्ट्रिय जनगणना गर्न लागेको हो ।

जनगणनाको तयारी सम्वन्धमा जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गरेमा सहजता साथै भरोसा योग्य भै सवैमा विश्वासको वातावरण हुने सुझाव दिएका छन् । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन श्रोतको समुचित वाँडफाँडमा यसले सहयोग पु–याउने वताउदै गणना पुर्व अभ्यास गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यालयका प्रमुख अशोकुमार भट्टराईले विदेशमा वस्नेको अनलाईन सुचना संकलनका गर्नुका साथैसाथै महानगरक्षेत्रमा ट्यावको तथा नगरपालिका तथा गाउपालिकामा कागजी प्रक्रियाद्धारा गणना गरिने वताउनुभयो । 

मोरङ जिल्लामा एक हजार पाँचसय गणकले जनगणना संकलन गर्ने छन् । यसपटकको जनगणनामा तिनप्रकारको प्रश्नावली सहित घर तथा परिवारको शख्या, खाली तथा व्यवसायकालागी प्रयोग गरिएका घरको शख्या , कृषि तथा जग्गाको क्षेत्रफल, कृषक परिवारको शख्या तथा घरको अवस्थाको वारेमा समेत गणना हुने जनाइएको छ । जनगणनकालागी मोरङमा दुई वटा कार्यालय रहने छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.