काठमाण्डौ माघ २ गते । रातो तारा डट कम,नेपाल भ्रमण वर्षलाई लक्षित गरि सुन्तला खेतीप्रर्वद्धन गर्ने, कृषी पर्यटनलाई प्रर्वद्धन गर्ने र अनुसन्धान केन्द्रले विकास गरेका र अनुसन्धान गरेका प्रविधि र विभिन्न जातहरुलाई जानकारी गराउने उद्येश्यले सुन्तला फल टिप्ने मेला सुरु भएकोे छ ।
राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाको आयोजना सुरु भएको सुन्तला फल टिप्न मेला विहिबार सम्म सञ्चालन हुने छ । सुन्तला पाकेको वेलामा आन्तरिक पर्यटकहरु आउने र केन्द्रमा आएका अधिकांश पर्यटकले आफै सुन्तला टिप्ने रहर गर्ने गरेका कारण यो वर्ष सुन्तला टिप्ने मेला लगाईएको कार्यालयले जनाएकोछ ।
मेलामादुइ हजार बढि आन्तरीक पर्यटकहरु भित्राउने कार्यालयको लक्ष रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेका बैज्ञानीक रोशन पक्कालेबताउनुभयो । सुन्तला टिप्न जानु अघि प्रति व्यक्ति १ सय रुपैया प्रवेश शुल्क तोकिएको छ भने वालवालिकाका लागि प्रति व्यीक्त ५० रुपैया प्रवेश शुल्क तोकिएको छ ।
वगैचामा गई आफै सुन्तलाको वोटमा चढेर सुन्तला टिप्दै पेट भरी खाना पाइने भएपछि मेलामा सुन्तला टिप्नेहरुको भिड लागेको छ । मेलामा आएर आफै सुन्तला टिप्न र पेटभरी खान पाएपछि त्याहा आउने आगन्तुकहरु पनि खुशी भएका छन । उनीहरुले यस्ता प्रकारका मेलाले आन्तरीक पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताएका छन ।
मेलामा आफै सुन्तला टिपेर लान मन हुनेहरुलाई भने प्रति व्यक्ति दुई सय पचास रुपैयाको अर्को टिकट लिएर झोलामा अट्ने सम्मको सुन्तला आफै टिपेर लैजान सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । मेलाको प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरेले उद्घाटन गर्नुभएको थियो ।
Post a Comment