सुनसरी माघ १ गते । रातो तारा डट कम,नेपाल राष्ट्र बैकबाट बैकिङ कारोबारको लागी अनुमति नलिई जिल्लासुनसरी साविक ईटहरी न.पा वडा नं. १ हाल उप.म.न.पा वडा नं. ६ स्थित विरेन्द्र विश्वकर्मा (रामदाम) ले संचालन गरेको श्री लक्ष्मी स्टोर्स (ज्वेलर्स) को नाममा पासबुक छपाई बिभिन्न मानिसहरुलाई वढी व्याज दिन्छु भनि प्रलोभनमा पारी ठगी गर्दै आएका थिए ।
हालसम्म प्राप्त जाहेरीको आधारमा नगद रु ४५,०४,०००
(पैंतालिस लाख चार हजार ) वरावरको नगद ठगी गरेको जाहेरी बाट खुलेको छ।
निजको नाममा सम्मानित सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति समेत प्राप्त भएकोमा निजलाई खोजतलास गर्ने शिलसिलामा काठमाण्डौ स्थित बालजुबाट मिति २०७६।०९।२८ गते पक्राउ गरेको सुनसरी ल्याइएको हो । निजलाई ठगी मुद्दामा म्याद थपको तयारी भई रहेकोछ ।
Post a Comment