Websoft University

खस भाषाका पाठ्यपुस्तक तयार हुदै,


काठमाण्डौ माघ २ गते । रातो तारा डट कम,जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय संस्कृति र सभ्यता संरक्षणका लागि खस भाषाको पाठ्य पुस्तक निर्माण गरेको छ । जिल्लाको २५ वटा विद्यालयमा खस भाषाको पाठ्यपुस्तक पठन पाठन हुन थालेको हो । अहिले खस भाषाको उद्गम स्थलजुम्ला संकटमा छ । 

खस भाषा हराउदै जान थालेको भन्दै संरक्षणका लागि पाठ्य पुस्तक निर्माण गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । गाउँपालिकाका २८ विद्यालय मध्ये २५ विद्यालयको १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५÷०७६ देखि नै खस भाषाको पुस्तक पठनपाठन सुरु गरिएको थियो । 

नयाँ शैक्षिक सत्रदेखि कक्षा ४ र ५ मापनि खास भाषाको पाठ्य पुस्तक सुरु हुने शिक्षा संयोजक छायादत्त चौलागाइँले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्मका ३ हजार ८ सय ५१ विद्यार्थीले खस भाषाको पाठ्य पुस्तक अध्ययन गर्न पाउने गरी तयारी भइरहेको संयोजक चौलागाइँले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.